काठमाडौँ । नेकपा एमालेका नेता शुशिल खड्काले आफू कमाउन राजनीतिमा नआएको प्रतिक्रिया दिएका छन् ।
नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ को अध्यक्षमा चयन भएपछि सानदार मिडियालाई प्रतिक्रिया दिदै खड्काले कमाउने ठाउँहरु प्रशस्त तयार पारेर जनताका सेवाको हुटहुटीले राजनीतिमा सक्रिय रहेको बताएका छन् ।
उनले भने, ‘म राजनीतिमा कमाउन होमिएको हैन्, नितान्त सेवाका लागि खटिएको छु ।’ उनले दुखी गरिबलाई सहयोग गर्दा पैसाले राजनीति ग¥यो भन्ने जस्ता आरोप लाग्ने गरेको तर त्यस्ता आधारहिन अराजनैनिक आरोपलाई वेवास्ता गरी नुवाकोटे जनताको सेवामा तल्लिन रहेको दाबी गरे ।
खड्कालाई डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रको अध्यक्ष चयन गरेको थियो ।
को हुन् त खड्का ?
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरवेशी घर भएका खड्का सानैदेखि समाजसेवासँगै राजनितिमा लागेका थिए । तर उनले पार्टीे राजनिति भने २०४८ सालपछि नेपाली कांग्रेसबाटै गरेका थिए ।
नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ को जिम्मेवारी पाएका खड्का गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरेका थिए । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्र नं १ को प्रदेश क को सभापति निर्वाचित भएका थिए । कांग्रेसभित्र रहेको केसी समुहको साम्राज्य तोडेका खड्कालाई कांग्रेसले चिन्न नसकेको कांग्रेसजनहरु नै बताउँछन् ।
उनले आफुलाई परेको अन्याय र अत्याचार सहेपनि पार्टीभित्र रहेका साथीलाई अन्याय भएपछि उनी गत स्थानीय तहको निर्वाचन अघि एमाले प्रवेश गरेका थिए । योगिन्द्रसिंह लामाङलाई कांग्रेसले दुप्चेश्वर गाउँपालिकाको अध्यक्षको टिकट नदिएपछि तामाङसहित झण्डै एक दर्जन नेताहरुलाई लिएर खड्का एमाले प्रवेश गरेका थिए ।
योगिन्दसिंह फेरि कांग्रेसमा फर्किएर सक्रिय राजनीति गरिरहे पनि खड्का भने एमालेको राजनीतिमा जमिरहेका छन् । बालकदेखि बृद्धसम्म परिचित रहेका खड्का आफ्नै हजुवुवाको प्रेरणाले राजनीतिमा आएको बताउँछन् ।