२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

इन्द्रेणीका कृष्ण कँडेल र गायक प्रमोद खरेल सोलुखुम्बु जाने


२३ कार्तिक २०८२, शनिबार  

52
Shares

सोलुखुम्बु – इन्द्रेणी कार्यक्रमका लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल र चर्चित गायक प्रमोद खरेल सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका जाँदैछन्। गाउँपालिकाले मंसिर ५ गतेदेखि सञ्चालन गर्न लागेको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विशेष सांगीतिक साझमा उनीहरू प्रस्तुति दिने भएका हुन्।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले मंसिर ५, ६ र ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। कार्यक्रम अन्तर्गत महिला तथा पुरुष भलिबल प्रतियोगिता, टेबल टेनिस, व्याडमिन्टन लगायतका खेल प्रतियोगिता, वृहत् कृषि मेला तथा प्रदर्शनी र सांगीतिक साझ आयोजना गरिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

कार्यक्रमको तयारीका लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। समितिले कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरेको छ।

स्थानीयको मागअनुसार यस वर्षको सांगीतिक साझमा इन्द्रेणीका कृष्ण कँडेलको टोली र लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुति रहने भएकाले कार्यक्रमप्रति स्थानीयवासी उत्साहित छन्। गाउँपालिकाले यस वर्षको अध्यक्ष रनिङ शिल्ड प्रतियोगितालाई सांस्कृतिक र खेलकुद दुबै दृष्टिले ऐतिहासिक बनाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, शनिबार  ५ : ३८ बजे