२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

मेयर शेर्पाले गरे नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन


२४ कार्तिक २०८२, आइतबार  

8
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा निर्माण गरिएको नम्बुर प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । आईतबार आयोजित एक कार्यक्रमका विच नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरे ।

समाजसेवी निमा शेर्पाको पहलमा फ्रान्सेली दाताहरुको समुह सोलु च्यामले नम्बुर प्राविधिक शिक्षालयको निर्माण गरेको हो । निर्माणमा सोलुदुधकुण्ड नगरपालिकाले समेत लगानी साझेदारी गरेको छ ।

नगर प्रमुख शेर्पाले प्राविधिक धारको शिक्षाका लागि शिक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिए । उनले भने, हातमा सीप लिएर युवाहरु कि रोजगार बन्छन् भने कि स्वरोगार बन्छन् । त्यसले गाउँमै सम्भावनाका ढोकाहरु खोल्नेछ ।

नुम्बुर प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले सबै पक्षको साझेदारीमा ब्यवस्थित सम्रचना बन्न सफल भएको भन्दै यसको गुणस्तरीय संचालनमा सबैले हातेमालो गर्नु पर्ने आवश्यक्ता रहेको बताए । शिक्षालयमा सिकर्मी, प्लम्बर, ईलेक्ट्रिसियन, होटल व्यवस्थापन र कुकको क्षेत्रमा ६० जना विद्यार्थीलाई खाना बस्न सहित निशुल्क अध्यापन गराईनेछ ।

कार्यक्रममा सोलुच्यामका अध्यक्ष पिएर, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ, प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे, सोलुदुधकुण्ड ७ का वडा अध्यक्ष सोनामग्याल्जेन शेर्पा लगायतले बोल्दै दक्ष जनशक्ति उत्पादनको मुख्य बागडोर बन्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, आइतबार  ९ : ०२ बजे