काठमाडौं । प्रतिभाशाली गायिका तथा मोडल रितु तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘अच्छा लेकीन’ सार्वजनिक गरेकी छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा शुक्रबार औपचारिक कार्यक्रमका बीच गीतलाई विमोचित गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको सभापतित्व तथा पूर्व सांस्कृतिक पर्यटन तथा उड्ययन राज्य मन्त्री परशुराम तामाङले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा पूर्व सभासद धनबहादुर घले, इन्द्रेणी समाजका अध्यक्ष लोकप्रिय गायक कृष्ण कँडेल, संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवाल, लोकप्रिय गायक बद्री पंगेनी, विमोचित म्यूजिक भिडियोका, संगीतकार तथा एरेन्जर विश्वास नेपाल, निर्देशक मौसम हिमाली लगायतको उपस्थितिमा उक्त श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको थियो ।
त्यस्तै म्हेन्दो माया कलाकार संघ नेपाल अध्यक्ष आरम्भ तामाङ, म्हेन्दो माया पहिलो गायक – लेक योन्जन तामाङ, म्हेन्दोमाया संरक्षक मर्मेन वाइबा, म्हेन्दो माया कलाकार संघ नेपाल संस्थापक अध्यक्ष – सागर एस वाइबा, म्हेन्दो मायाका पूर्व अध्यक्ष – राजकिङ वाइबा, म्हेन्दो माया मानार्दा सदस्य सिरुङ मनाङथेन, म्हेन्दो माया कलाकार संघ नेपालका संस्थापक अध्यक्ष – सागर एस वाइबा, म्हेन्दो माया पूर्व अध्यक्ष राम गुम्जा, निर्देशक तथा कोरियोग्राफर एमबी गुरुङ, निर्पेस मल्ल, सेनानि नानु बा. खड्का, सोभा खड्का लगायत समाजका विविध क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सार्वजनिक गीतका संगीतकार विश्वास नेपालले बुबाद्धारा प्रेरित भई यो संगीत तयार पारेको बताए । यस गीतबाट बुबाको समेत सपना पुरा गरेकाले यो गीत आफ्नो करिअरका लागि विशेष रहेको बताए । त्यस्तै गायिका एवं मोडल रितुसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्दै लगानी नै गरेर सांगीतिक क्षेत्रलाई चलायमान पारेकोमा धन्यवाद दिए ।

कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका सल्लाहकार समेत रहेका गायक कृष्ण कँडेलले रितु तामाङसँगै ‘अच्छा लेकीन’ कलाकारहरु राजकुमार बैदार र डोल्मा तामाङको पनि प्रंशसा गरेका थिए । उनले रितुजस्तो स्थापित कलाकारसँग अभिनय गर्नु त्यो पनि हाउभाउ देखी नृत्य सबैमा न्याय गरेको हुँदा राजकुमार र अन्य नयाँ मोडल जस्तो नदेखिएको बताए । उनले गायिका तथा मोडल रितुको कलाकारितामाथि टिप्पणी गरेका थिए ।
त्यस्तै लोकप्रिय गायक बद्री पंगेनी र संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल लगायतका अतिथिहरुले गायिका एवं मोडल रितु तामाङले गीत–सङ्गीत क्षेत्रमा गरेको संघर्षको सम्मान गरिनु पर्ने भन्दै नयाँ गीत ‘अच्छा लेकीन’ ले बजारमा चर्चा परिचर्चा पाउने विश्वासका साथ शुभकामना दिएका थिए ।
त्यस्तै गायिका तथा मोडल रितु तामाङले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूले गरेको कामलाई प्रोत्साहन गरिदिन आग्रह गरिन् । यसैगरी राजकुमार बैदारले पहिलो पटक अभिनय गर्ने अवसर जुराएकोमा गीतको टिमलाई आभार प्रकट गरे । उनले नयाँ अनुहार नयाँ काम भएकाले जे जस्तो भएपनि स्विकार्न अनुरोध गरे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तामाङले सांगीतिक क्षेत्रको कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी र रमाइलो लागेको बताउँदै गायिका तथा मोडल रितुको कलाकारिताको थप सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई समापन गर्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले तामाङको नवीनतम् सिर्जनालाई सबैका सामु ल्याउने जिम्मा पाएकोमा आभार प्रकट गरेका थिए । उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष गौतमले राष्ट्रिय लोक सञ्चारकर्मीै नेपाल सदैव सञ्चारकर्मी र लोककला क्षेत्रका लागि लड्दै आएको र यस क्षेत्रको श्रीवृद्धिमा लाग्ने बताए । कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले गरेका थिए भने राष्ट्रिय लोक सञ्चारकर्मी नेपालकी महिला विभाग प्रमुख सबिता पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमा उपस्थित प्रमुख अतिथि, अतिथिहरु र सहयोगीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
विमोचित गीतको भिडियो रितु तामाङ युटुब च्यानलबाट हेर्न सकिन्छ । रितुकै शब्द सिर्जना रहेको गीतमा रितुलाई शितल गुरुङले स्वरमा साथ दिएका छन् । विश्वास नेपालले संगीत तथा संगीत संयोजन गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका हुन् । ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट राजु सुनाम हुन् ।
मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोमा रितु तामाङ र राजकुमार बैदार, डोल्मा तामाङ लगायतको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ गरेका हुन् । रितुको स्वर रहेका र मोडलिङ गरेका दर्जनौं गीतहरु यसअघि दर्शकको माझमा आइसकेका छन् ।


























