१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

महाकुलुङमा कानुनी आधारभूत साक्षरता सम्बन्धी अन्तरक्रिया सम्पन्न



सोलुखुम्बुको साबिक गाविसस्तरीय महाकुलुङ क्षेत्रका वडाभित्रका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा मेलमिलापकर्ताहरूको सहभागितामा कानुनी आधारभूत साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूले सामान्य दैनिक जीवनमा आइपर्ने विवाह तथा सम्बन्ध विच्छेद, महिला तथा लैंगिक हिंसा, लेनदेन, अंशबण्डा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी कानुनी विषयमा आधारभूत जानकारी हासिल गरेका थिए।

जिल्ला सरकारी वकिल कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो। उहाँले कानुन समय र परिस्थितिअनुसार परिवर्तनशील तथा गतिशील हुने उल्लेख गर्दै सचेतना र जानकारीले समाजलाई सही दिशातर्फ अघि बढाउन सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले “कानुन गतिशील विषय हो, समस्या समयसापेक्ष रूपमा परिवर्तन हुन्छन् । त्यसैले कलमले मुद्दा उठाउने मात्र होइन, समाधानतर्फ पनि लैजानुपर्छ,” भन्ने सन्देश दिनुभएको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ७ : २२ बजे