२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

मुल्यबृद्धिको जनगुनासो बढेपछि महाकुलुङमा बजार अनुगमन



सोलुखुम्बु । दैनिक उपभोग्य सामग्रीको मुल्यबृद्धिको जनगुनासो बढेपछि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले शनिबार बजार अनुगमन गरेको छ । गत साउनमा दुधकोशीको बेलिब्रीज भत्किएपछि मुल्यबृद्धिको मारमा परेका नागरिकको गुनासो सम्बोधनका लागि बजार अनुगमन गरिएको पालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिए ।

पालिका अध्यक्ष कुलुङको नेतृत्वमा महाकुलुङ १ र २ मा रहेका औषधि पसल किराना पसल, मासु पसल, बजार, होटल गरि ३७ वटा पसल तथा हाटल अनुगमन गरिएको हो । अनुगमनको क्रममा १३ वटा पसल दर्ता नभएको पाइएको छ ।

यस्तै बजार अनुगमनका क्रममा मुल्यबृद्धि गरिएका तथा म्याद गुज्रिएका १३ हजार ६ सय १० रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ । शनिबार गरिएको बजार अनुगमनमा गाउँपालिका अध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, ईलाका प्रहरी प्रशासन कार्यलयका प्रमुख लङ्क बहादुर श्रेष्ठ, तथा प्रतििधीहरु होम बहादुर ब.क, बिनोद गौतम, महाकुलुङ गाउँपालिका वडा नम्बर वडा न १ अध्यक्ष पर्खिधन नाछिरिङ राई, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्य, लेखा शाखा अधिकृत नारायण काजी बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ०८ बजे