२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

जनवरी ९ मा ‘क्यानडा समिट-२०२५’ आयोजना गर्दै आइसीसीसी



काठमाडौँ । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षीत गरेर ‘क्यानडा समिट २०२५’ आयोजना ह’ने भएको छ ।

आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले बिहान ११ : ०० बजेदेखि दिउँसो ३ : ०० बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए । कार्यक्रम आईसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।

कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने मौका हुनेछ। सहभागीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञहरूसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाहरूका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ ।

यो समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको भनाई रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ५४ बजे