२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

सोलु र बझाङका स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी क्षमता अभिवृद्धि तालिम



सोलुखुम्बु । सोलु र बझाङका स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी ५ दिने क्षमता अभिवृद्धि तालिमको समापन गरिएको छ । सोलुखुम्बुको सल्लेरीमा जारी तालिमको आज समापन गरिएको हो ।

रीड नेपालको आयोजना, नगरपालिका र गाउँपालिकाको समन्वयमा तथा अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिममा सोलुखुम्बुका सात ओटा स्थानीय तहका २१ जना स्थानीय स्रोत शिक्षक र बझाङको खप्तड छान्ना गाउँपालिकाका ११ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो ।

समापनमा सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङले समावेसी शिक्षा आजको आवश्यकता भएको बताउदै महत्त्वपूर्ण तालिमको आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिइन् । शिक्षा विकासको मेरुदण्ड भएकोले आफ्नो मुख्यध्यान शिक्षा क्षेत्रमा रहेको बताइन् ।

समापनमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले सोलुखुम्बुमा शिक्षा क्षेत्रमा राम्रो सुधार भएको बताउदै यसको श्रेय रीडलाई जाने बताए । नगरपालिका वडा न ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले रीडको योगदानको चर्चा गर्दै सबै मिलेमा विद्यालय सुधार गर्न सकिने बताए ।

तालिममा सहभागीहरुलाई धन्यवाद दिदै रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले तालिमको मूख्य उद्देश्य समावेसी शिक्षालाई बढवा दिने उद्देश्य रहेको बताए । शिक्षण सिकाइ क्रियाकलापमा समावेसीतालाई मूख्य ध्यान दिने बताउदै विभिन्न अबरोध भएता पनि हामीले चाहेको खण्डमा त्यस्ता अवरोधहरु कम गर्न सकिने हुदा शिक्षकलाई समावेसी शिक्षाको राम्रो ग्यान हुनुपर्ने बताबताए । उनले सिकेका सिपहरु व्यवहारमा उतार्न आग्रह गरे ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महर, शिक्षा विकास संयोजक केशवदेव गिरी लगायत रीड नेपालका प्रशिक्षकहरुले सहजीकरण गरेका थिए । तालिम अवधिमा बझांङ र सोलुका शिक्षक बीच शैक्षिक अनुभव साटासाट र गार्मा माध्यमिक विद्यालय अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ०२ बजे