२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश



काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको एकल इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा गर्न आदेश दिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर युट्युबमा सामग्री प्रसारण गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ७ : ०१ बजे