२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

‘पुरुष मानसिकताले काम गर्न कठिन’



काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले पुरुष मानसिकताका कारण पनि काम गर्न निकै कठिन भएको बताईन् । आयोगलाई बजेट कम हुदाँ ७७ जिल्लाका घटनाहरु केलाउन समस्या भएको उनको बुझाई छ । बुधवार राष्ट्रिय महिला आयोगद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा पौडेलले संविधानले व्यवस्था गरेको आरक्षण सिटको अवसर दिन पनि पुरुष हिचकिचाएको दाबी गरिन् ।

महिलामाथि हुने हिंसा देशभरि मौन देखिएको छ । आर्थिक वर्ष २०८१ ०८२ मा महिला आयोगमा दर्ता भएका १७०६ उजुरीहरूमध्ये अधिकांश घरेलु हिंसा, मानसिक, शारीरिक र आर्थिक हिंसासँग सम्बन्धित छन् । तर पेशागत क्षेत्रमा हुने महिला हिंसा भने एकचोटि पनि उजुरीको रूपमा देखा परेको छैन । प्रहरीमा हिंसाका घटना हजारौंको संख्यामा दर्ता भएपनि आयोगको विवरण हेर्दा भिन्नताको ठुलो खाडल देखिएको छ ।

हिंसाको प्रकार

आर्थिक हिंसा २५५
शारीरिक हिंसा २१५
मानसिक हिंसा १५१
यौनजन्य हिंसा ८

उजुरी संख्या हेर्दा आर्थिक हिंसा सबैभन्दा बढी देखिएको छ । कानुन, संविधान, र श्रम ऐनले कामदारको हक सुनिश्चित गरे पनि कार्यान्वयनको पाटोमा कमजोर देखिएको छ । धेरै महिलाहरू कार्यालय, उद्योग, सेवा क्षेत्र वा अनौपचारिक श्रम क्षेत्रमा यौन दुव्र्यवहार, मानसिक दवाव वा भेदभावको शिकार हुन्छन्, तर उनीहरू उजुरी गर्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ८ : २४ बजे