काठमाडौँ । पप स्टार केटी पेरी र अभिनेता ओर्लान्डो ब्लूमले इन्गेजमेन्टको ६ बर्षपछि अलग भएका छन् ।
दुवै २०१६ देखि अफ्यर्समा रहेपछि २०१९ मा इन्गेजमेन्ट गरेका थिए । अब लगभग छ वर्षपछि दुवै जनाले आफ्नो सम्बन्ध तोडेर अलग्गिएको घोषणा गरेका छन् । केटी पेरी र ओर्लान्डोबीचको सम्बन्ध आधिकारिक रूपमा समाप्त भएको छ । दुवैका एक छोरी रहेकी छन् । उनीहरुले पछिल्लो महिनाहरुदेखि आफ्नो सम्बन्ध परिवर्तन गरेर सार्वजनिक रूपमा आफ्नी छोरीलाई हुर्काइरहेको जनाकारी दिएका छन् ।
हालै, अभिनेता ओर्लान्डो ब्लूमले व्यवसायी जेफ बेजोस र लरेन सान्चेजको भव्य विवाहमा एक्लै उपस्थित भएपछि पेरीसँगको उनको ब्रेकअपको चर्चा बढेको थियो ।
पप स्टार केटी पेरी र ओर्लान्डो ब्लूमको पहिलो भेट सन् २०१६ मा भएको थियो । यसपछि, दुवैले २०१९ मा भ्यालेन्टाइन डेमा इन्गेजमेन्ट गरेका थिए । त्यसपछि अगस्ट २०२० मा, कोरोना महामारीको बीचमा दम्पतीले आफ्नी छोरी डेजी डोभलाई स्वागत गरे । यसका साथै, ब्लूम र उनकी पूर्व पत्नी, अष्ट्रेलियाली मोडेल मिरान्डा केरको एक छोरा फ्लिन छन्, जसको जन्म २०११ मा भएको थियो ।
४० बर्षिय गायिका पेरीले २०१० मा रसेल ब्राण्डसँग विवाह गरेकी थिइन् र उनीहरु २०१२ मा अलग भएका थिए ।