३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025

आईसीसीसीको मल्टिडेस्टिनेशन फेयर २०२५ः काठमाडौँमा मात्रै ३ सय बढी, देशभर ७ सय बढी विद्यार्थी सहभागी


१७ भाद्र २०८२, मंगलबार  

10
Shares

काठमाडौँ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीले आयोजना गरेको आईसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ भव्यताका साथ सम्पन्न भएको छ । फेयर काठमाडौँसहित देशका ११ स्थानमा एकसाथ सम्पन्न भएको प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए ।

प्रबन्ध निर्देशक खड्काका अनुसार मेलामा काठमाडौँमा ३ सय बढी विद्यार्थीको उपस्थिति रहेको थियो भने काठमाडौँ बाहेकका पोखरा, धनगढी, चितवन, झापा, इटहरी, बुटवल र बनेपाका हरेक ब्रान्चमा ५० जना बढी बढी विद्यार्थी र अविभावकहरुको उपस्थिति रहेको थियो ।

सोमबार सम्पन्न मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी जानकारी दिइएको मेलामा सहभागी तथा अध्ययनका लागि अस्ट्रेलिया जान इच्छुक विद्यार्थी गुल्मीका निराजन ढकालले बताए। उनले आफू आइसीसीसीको पुतली सडक शाखामा पुग्दा कैयौँ प्रश्न बोकेर पुगेको तर आइसीसीसीका सिनियर काउन्सलरले आफ्ना सारा जिज्ञासाको उत्तरले एउटा निर्णय लिन सहज बनाएको बताए।

आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काका अनुसार मेलामा रोशनजस्तै कैयौँ विद्यार्थी पुगेको र उनीहरूले आफ्ना जिज्ञासाको समाधान लिएर फर्किएको बताए। प्रबन्ध निर्देशक खड्काका अनुसार अघिल्ला फेयरहरू भन्दा यस पटक जिज्ञासु विद्यार्थीहरू आएको र प्रश्नोत्तर कार्यक्रम धेरै बेर चलेको थियो ।

मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यसँग मिल्ने खालका सुझाव पाउँदा विद्यार्थीले अनविज्ञता रहेका धेरै कुरामा प्रस्ट बनेको प्रतिक्रिया दिएका थिए।

बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म चलेको मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा विद्यार्थीलाई सल्लाह दिइएको थियो। मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्व तयारी कक्षामा आकर्षक छुट तथा विभिन्न खालका उपहार पनि प्राप्त गरेका थिए।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : २८ बजे