३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025

घनश्याम रिजालको ‘साथी’ सार्वजनिक


२० भाद्र २०८२, शुक्रबार  

46
Shares

काठमाडौँ । गायक तथा सर्जक घनश्याम रिजालको लोक लयमा आधारित गीत ‘साथी’ सार्वजनिक गरिएको छ ।

रिजालको सृजना तथा शिव हमालको संगीतमा तयार भएको गीतमा पशुपति शर्मा, कुलेन्द्र विक, राजु गुरुङ, घनश्याम रिजाल, अर्जुन सापकोटा, प्रकाश पराजुली स्वर रेकर्ड छ ।

विहीबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा काठमाडौँमा सम्पन्न सार्वजनिक कार्यक्रममा कृषि विकास बैँक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डिम प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका वक्ताहरु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगर, पूर्व अध्यक्ष द्धय दुर्गा रायमाझी र चन्द्र शर्माले साथी बोलको गीत सुनिसकेपछि दुख सुखमा साथ दिने आफ्नो साथीको खोजी गर्न बाध्य बनाउने खालको गीत बनेकाले सफलताको शुभकामना दिए । उनीहरुले गीत नयाँ विषयवस्तुमा बनेकाले पनि दर्शक स्रोताले मन पराउने बताए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल सरगमले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सर्जक रिजालले गीत सृजनाको पृष्ठभूमि र भावबारे प्रष्ट पारेका थिए ।

घनश्याम रिजालको अफिसियल यूट्युव मार्फत सार्वजनिक गीतको भिडियोमा पशुपति शर्मा, कुलेन्द्र विक, राजु गुरुङ, घनश्याम रिजाल, शिव हमाल, अर्जुन सापकोटाका अलवा कलाकार शिव शर्मा, ब्लु चिफ सेक्यूरिटिजका सिइओ दिल्स पंगेनी प्रकाश र निर्देशक अशोक पौडेल, कृषि विकास बैँक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डिम प्रसाद पौडेलले पनि अभिनय गरेका छन् ।

प्रेम थापाले निर्देशन गरेको भिडियोको निर्माता कोपिला रिजाल हुन् ।

सोही कार्यक्रममा स्याङजा सष्ट्रा सदनले कृषि विकास बैँक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डिम प्रसाद पौडेललाई बधाई पत्र सहित सम्मान गरेको छ । आँधिखोला गाउँपालिकामा जन्मेका उनलाई कृषि विकास बैँक लिमिटेडको अध्यक्षमा नियुक्त भएको खुसियाली साट्दै सदनका वरिष्ठ उपाध्यक्ष शिव हमाल, महासचिव घनश्याम रिजाल लगायतले बधाई पत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ४ : ४८ बजे