काठमाडौँ । नबिल बैँकका सिइओ मनोज कुमार ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताएका छन् । शैक्षिक धारको ‘द ग्राभिटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सिइओ ज्ञवालीले ग्रेडका लागि नभई सिकाइका लागि शिक्षा आजको आवश्यकता भएको बताए ।
ज्ञवालीले नेपालमा सम्भावना छ भन्दा गाली खाने गरी समाज नकारात्मकता तर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिए ।’
ग्राभिटी ग्रुपका सिइओ दिपक चौलागाईले सञ्चालन गर्ने पोडकाष्ट योहो टेलिभिजनमा प्रसारण हुनेछ । पोडकाष्टमा एआई संवाद समेत राखिने गरी डिजाइन गरिएको चौलागाईले जानकारी दिए । उनका अनुसार शिक्षा आर्जनका लागि सहयोगी बन्ने गरी पोडकाष्ट प्रसारणमा आउनेछ । योहो टिभी र ग्राविटी ग्रुपबिच शुक्रबारनै सम्झौता आदानप्रदान गरिएको छ । म्याक्सहव एआइ स्मार्ट बोर्डले शोको टाइटल स्पोन्सर गरेको छ ।
ग्राभिटी ग्रुपले ‘ग्राभिटी होम ट्यूसन सोलुसन’ सञ्चालन गर्दै आएको छ भने ‘ग्राभिटी मेगा मिडिया’ समेत सञ्चालनमा ल्याएको छ । सोही अवसरमा नबिल बैँकका सिइओ ज्ञवालीले चाबहिल स्थित केएल टावरमा सञ्चालनमा रहेको ‘ग्राभिटी होम ट्यूसन सोलुसन’को रिवन काटेर उद्घाटन गरेका छन् ।