सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले २२ औँ निजामती सेवा दिवस मनाएको छ । प्रत्येक वर्ष भदौ २२ गतेका दिने मनाइने निजामती सेवा दिवस महाकुलुङ गाउँपालिकामा भने स्थापनाकाल यता दोस्रो पटक मनाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिए ।
निजामती सेवा दिवसको अवसरमा गाउँपालिकाले विहान चोक तथा बाटो सरसफाई कार्यक्रम गरिएको थियो भने स्टोरी टेलिङ (कथा भन्ने) प्रतियोगिता आयोजना गरएको थियो । उक्त प्रतियोगितामा कविता आचार्यले प्रथम स्थान प्राप्त गरे भने भक्ति विलास पोखरेल र सजिता राई संयुक्त रुपमा दोस्रो स्थानमा रहे । त्यस्तै विशाल कुँवर तेस्रो र सुमित्रादेवी राईले क्रमशः तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल भए ।
“व्यवसायिक र सिर्जनशील प्रशासनस् विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ निजामती कर्मचारीहरुले देशभरी मनाउने यस दिवसमा महाकुलुङ गाउँपालिकाले कार्यालयमा कार्यरत विभिन्न कर्मचारी तथा शिक्षकहरुलाई सम्मान समेत गरेको छ ।
शिक्षकतर्फ पेल्माङ आवि पेल्माङमा कार्यरत शिक्षक भीम बहादुर बस्नेत र छेस्काम मावि छेस्कामका प्रधानाध्यापक गुरु प्रसाद राईलाई सम्मान गरिएको छ । कर्मचारीहरुमध्येबाट अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गतका कर्मचारीहरु, स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्य तथा आन्तरिक लेखा परीक्षक जीवन राईलाई सम्मान गरिएको छ ।
साथै निजामती दिवश अवसरमा स्वास्थ्य सरसफाई हरिप्रसाद आचार्यको संयोजकत्वमा वडा देखि पालिकासम्मको शाखाका कर्मचारी र हाल सम्मको निमित्त प्रशासकिय अधिकृत खरिधन राई नेपाल सरकारबाट पोष्टिङ भएर आउनु भएका छोइसाङ तामाङ गरि १०० जनाको उपस्थितमा रहेको छ ।