काठमाडौँ । किरात खालिङ राई उत्थान संघको २४ औँ वार्षिकउत्सबको अवसरमा ‘खालिङ भाषिक खुला कविता प्रतियोगीता’ आयोजना गरिने भएको छ ।
अघिल्लो वर्ष जस्तै यो वर्ष पनि असोज १० गते काठमाडौँमा हुने कार्यक्रममा कविता प्रतियोगीता गर्न लागिएको संघका केन्द्रीय सचिव नीर कुमार राईले जानकारी दिए ।
खालिङ भाषामा रचिएका कविता पूर्वप्रकाशित वा वाचित हुनुहुदैन् भने अघिल्लो वर्ष प्रथम बन्न सफल कविले प्रतियोगीतामा भाग लिन पाउने छैन् ।
कार्यक्रममा उत्कृष्ट १० कवितालाई वाचनको समेत अवसर दिइने छ भने किरात खालिङ राई उत्थान संघको मुखपत्र ‘सुन्म्यसङ’मा प्रकाशन गरिने संघका केन्द्रीय अध्यक्ष बल बहादुर खालिङले जानकारी दिए ।
प्रतियोगीताका विजेताले २० हजार, १५ हजार, १० हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् भने अन्य ७ कविलाई प्रोत्साहन पुरस्कार स्वरुप ५ हजारको साथमा प्रमाण पत्र प्रदान गरिनेछ ।

























