काठमाडौँ । मनस्थिति देशमै बस्ने माइली सँग रमाउने तर परिस्थिति परदेश भासिन बाध्य बनाउने । यहि नेपाली सामाजिक यथार्थलाई गीत मार्फत प्रस्तुत गरेका छन्, पशुपति म्यूजिकका सञ्चालक शिवराज पौडेलले । उनको निर्माणमा ‘मुटुमा तिम्रै छ नी नाम माइली’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सुगम संगीतका ख्यातिप्राप्त गायक स्वरुपराज आचार्य र गायिका लक्ष्मी मल्लको स्वरमा तयार भएको गीतमा रमेश कोइरालाको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ ।
गीतको भिडियोको कथा र निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा चकलेटी नायक आर्यन सिग्देल, अञ्जली अधिकारी र आरोना मल्लले अभिनय गरेका छन् । गीतमा देश विदेशमा एक अर्काको साथ खोज्दै दिन व्यतित गर्न विवश प्रेमिल जोडीको पीडालाई उठान गरिएको छ ।
पशुपति म्यूजिक मार्फत नेपाली लोक तथा आधुनिक गीत संगीतको विस्तार र व्यवसायिकतामा चर्चा गर्न योग्य भूमिका निर्वाह गरेका शिवराज पौडेल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका आजीवन सदस्य समेत हुन् ।
पौडेल क्यासेट, सिडी, सिआरविटी हुदैँ डिजिटल युगमा समेत गीतसंगीतको श्रीबृद्धिका लागि सक्रिय रहदै आएका छन् । पशुपती म्युजिकबाट यसअघि सार्वजनिक ‘तिमी कस्को हुने होला’, ‘म त तिम्रो मान्छे बन्न सकिन’, ‘माया एउटा संग’, ‘तिमी बिना एक्लै भाछु म’ लगायतका सयौं गीतहरु चर्चित छन् ।

























