काठमाडौँ । आगामी मंसिर ५ गते प्रदर्शनमा आउने फिल्म ‘चिराग’को गीत ‘फूल बनी फुल्थे’ सार्वजनिक गरिएको छ ।
त्यागमूर्तीको शब्द, संगीत रहेको गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीले स्वर रेकर्ड छ । भिडियो हाइलाइट्स नेपाल यूट्युव मार्फत सार्वजनिक गरिएको छ ।
यस अघि प्रदर्शन मिति तय गर्दै फिल्म ’चिराग’ को पोस्टर सार्वजनिक गरिएको थियो । सार्वजनिक पोस्टरमा कलाकार त्यागमूर्ति फिचर्ड छन् । उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन्। उनलाई कसैले कुल्चिएको छ । त्यागमूर्ति फिल्मका मुख्य कलाकार हुन् भने फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन् ।
फिल्ममा ’आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखिएको छ । यो फिल्ममा त्यागमूर्तिसँगै सुशील पोखरेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेरबहादुर डिसी, संकला गौतम, नरेशप्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मीनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय छ । फिल्ममा सह–लेखन नरेशप्रसाद भट्ट र संकला गौतमको छ । यस्तै, फिल्मका निर्माता संकला गौतम, नरेशप्रसाद भट्ट र त्यागमूर्ति हुन् ।
राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् ।