२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

मधेशमा सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन


२९ आश्विन २०८२, बुधबार  

4
Shares

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । यसक्रममा नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरिएको हो ।

यसअघि बिहान लोसपा नेता जितेन्द्र सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) को समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ५९ बजे