१ कार्तिक २०८२, शुक्रबार | Fri Oct 17 2025

फिल्म ‘एक्लो’को ‘एक्लै बाँच्नु’ सार्वजनिक


३० आश्विन २०८२, बिहिबार  

6
Shares

काठमाडौँ । नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘एक्लो’को सुरुवात देखिनै चर्चा छ । अभिनेता प्रदीप खड्का देखी अभिनेत्री बेनिशा हमालसँगै कविता नेपालीको पनि अभिनय छ । अहिले यसै फिल्ममा समावेश गीत ‘एक्लै बाँच्नु’ सार्वजनिक गरिएको छ । यो गीत अहिले सार्वजनिक भइरहेका गीतहरु भन्दा फरक छ । गीतमा लोकप्रिय गायिका शन्तिश्री परियारकै स्वर छ तर गीत निकै फरक छ । गीतमा फिल्मकी अभिनेत्री कविता नेपालीको आकर्षक नृत्य देख्न सकिन्छ । यस गीत सार्वजनिक भएसँगै कमेन्टमा प्रशंसा बटुलीरहेको छ ।

आगामी पुस १७ गतेलाई प्रदर्शन मिति तय गर्दै मङ्गलवार सार्वजनिक गरिएको यस गीतमा कविता नेपालीसँगै सागर राना पनि देखिएका छन् । गीतमा स्वप्निल शर्माको शब्द तथा तथा रोहित शाक्यको सङ्गीत छ । महिलाको बह पोखिएको यस गीतमा भान्साको पीडादेखि एक्लोपनको भाव प्रकट गरिएको छ ।

गीतले जीवनभरि रुनुको सट्टा एक्लै बाँच्न प्रेरणा दिन्छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा कवितासँगै प्रदीप खड्का, बेनिशा हमाल, दिनेश डिसी, सुरजसिंह ठकुरी, लगायत बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय रहेको छ ।

एक्लोको चर्चा छायांकन देखी नै भइरहेको छ । केहि समय अघि फिल्मको २ मिनेट ३५ सेकेण्डको विजय लामा, दीया पुन र एकजना बालकलाकारको ओपनिङ दृश्य खिच्न दिउँसभर लागेको कुराले पनि चर्चा पाएको थियो । फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक ९बेकन० आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । प्रदीप शाही निर्देशित यो फिल्म यसवर्षको कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा पिच भएको थियो । यो फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का र बेलायती अभिनेता जेमी बेकनको अभिनय छ । फिल्मको अधिकांश काम सकिएको निर्माण नियन्त्रक क्षितिज सुवेदीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ६ : ३० बजे