११ कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025

‘चिराग’ फिल्मको दोस्रो गीत ‘बसन्ती’ सार्वजनिक


११ कार्तिक २०८२, सोमबार  

4
Shares

काठमाडौं । आगामी मंसिर ५ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘चिराग’मा समावेश दोस्रो गीत ‘बसन्ती’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपाल युट्युवमार्फत सार्वजनिक गीतमा सेखु धमाकाको स्वर, शब्द र संगीत छ । गीतमा हुकलाइन फिल्ममा निर्देशक तथा कलाकार त्यागमुर्तिको छ । एरेन्ज कृष्ण पुनले गरेका हुन् ।

गीतको भिडिओ क्लबमा खिचिएको छ । भिडिओको कोरियोग्राफी पनि सेखु धमाकाले नै गरेका छन् । फिल्ममा आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ । यो फिल्ममा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय रहेको छ । फिल्ममा सह लेखन नरेश प्रसाद भट्ट र संकला गौतमको रहेको छ ।

यस्तै फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने । पार्श्व सङ्गीत लोकनाथ सापकोटा, मिक्सिङ आशिष सुनुवारको रहेको छ ।

राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । यस्तै कल्पेश विश्वकर्मा कलरपोस्टरको जिम्मेवारीमा छन् भने भिएफएक्स दिनेश ढकालले गरेका छन् । फिल्ममा श्रृङ्गार डीके हमालको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, सोमबार  २ : ५२ बजे