१३ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको सकुसल उद्धार


१३ कार्तिक २०८२, बुधबार  

8
Shares

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

आज बिहान ७ः५० बजे सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले नेपाल न्युज बैंकलाई जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनलाई सकुशल उद्धार गरिएको छ । अहिले उनलाई कैलास एयरको हेलिकोप्टर मार्फत लुक्ला ल्याइसकिएको उनले जानकारी दिए । पाइलट खड्का भक्तपुरका स्थानिय बासिन्दा हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  १० : ४४ बजे