काठमाडौंको बसन्तपुर दरबार क्षेत्र स्वदेशी एवम विदेशी पर्यटकहरुको रोजाइमा पर्छ । सांस्कृतिक, पुरातात्वीक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकनका लागि पर्यटकहरु वसन्तपुरको फन्को लगाउने गर्छन् । मौसम सफाचट बनेपछि र जेनजी आन्दोलनको प्रभाव कम भएपछि सो क्षेत्रमा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ ।


































