काठमाडौँ । ‘द ग्राविटी सो’ विथ एआई सेगमेन्ट नामक पोडकाष्टको पहिलो भाग सार्वजनिक गरिएको छ ।
विश्व टेलिभिजन दिवसको अवसरमा अन एयर गरिएको पोडकाष्टमा आर्यन स्कुल अफ इन्जिनियरिङका भाइस प्रिन्सिपल प्रकाश न्यौपाने गेस्टका रूपमा उपस्थित भएका छन् ।
४६ मिनेट लामो कार्यक्रममा अघिल्लो खण्डमा गेस्टको सङ्घर्ष, बाल्यकाल र वर्तमान अवस्था र शिक्षाका विषयमा कुराकारी प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गेस्टलाई प्रत्यक्ष रूपमा एआईसँग कुराकानी गराइएको छ । जुन पक्ष निकै रोचक छ ।
नेपालमा यसरी एआई सेगमेन्ट भनेर ग्राविटीले पहिलो पटक भिन्न शैलीमा टेलिभिजन कार्यक्रम निर्माण गरेको हो । पहिलो सिजनमा २४ एपिसोड योहो टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा शिक्षाविद्, कलाकार, विद्यार्थी तथा विभिन्न क्षेत्रका सेलीब्रेटीहरुलाई अतिथिका रूपमा निम्त्याइनेछ । जसको कार्यक्रम प्रस्तोताका रूपमा सञ्चारकर्मी प्रमीला रावत छिन् ।
प्रमीलाले रमाइलो ढङ्गमा एआईमार्फत पुरस्कार छानेर अतिथिलाई वितरण गर्ने अन्तिम तथा तेस्रो सेगमेन्ट पनि रोचक छ । मासिक २ एपिसोड प्रसारण हुने कार्यक्रम ‘ग्राविटी होम ट्युसन तथा ग्राविटी मेघा मिडियाले तयार पारेको हो ।

























