काठमाडौँ । नेपाल आइडलका विजेता द्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत ‘राधिका’ सार्वजनिक गरिएको छ ।
बुधवार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन् ।
भोलानाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो । कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोमा स्मारिका ढकाल र बद्री प्रसाद तिवारी फिचर्ड छन् ।
राधिका कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ । गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।
गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो । निर्देशक रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे ।

























