६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

‘एक्लो’ को अफिसियल पोस्टर सार्वजनिक


१७ मंसिर २०८२, मंगलबार  

4
Shares

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकारहरु अटाएका छन्। सार्वजनिक पोस्टरमा प्रदीप खड्का, जेमी बेकन,विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, एवन राज उप्रेती फिचर्ड छन्।

साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको यो चलचित्र आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

‘एक्लो’ का निर्देशक प्रदीप शाही हुन्। बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय शाहीको यो तेस्रो निर्देशन हो। हलिउड स्तरको भिजुअल र प्राविधिक गुणस्तरमा सिनेमा तयार गर्ने लक्ष्यसहित उनी निर्माणमा जुटिरहेका छन्। हाल चलचित्रको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा तीव्र गतिमा भइरहेको निर्देशक शाहीले बताए।
‘एक्लो’ को बेलायत र अमेरिकामा प्रिमियर गर्ने तयारी गरेको निर्देशक प्रदीप शाहीले जानकारी दिए।

यस चलचित्रमा स्टारकास्टको आकर्षक संयोजन रहेको छ। प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह साथै बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय रहेको छ।

एनआरएन समुहको लगानीमा बनेको चलचित्र ‘एक्लो’ का कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्।

चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन्। द्वन्द्व निर्देशन राजु तामाङले, सेट डिजाइन राजु पेन्टरले, कला निर्देशन सन्तोष लामाले र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ९ : ४७ बजे