काठमाडौँ । जय मातृभूमि पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ।
पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले आगामी राजनीतिक रणनीति तथा साङ्गठनिक गतिविधि र भावी कार्यक्रम बारे विस्तृत छलफल र निर्णय गरिएको पार्टीका महासचिव गोविन्द गिरीले जानकारी गराए ।

बैठकले विशेष गरी आगामी निर्वाचनलाई मध्यनजर गर्दै देशव्यापी सङ्गठन बिस्तार, जनजागरण अभियान, पार्टीको नीति तथा–कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।
पार्टीले निर्वाचन आयोगको आह्वान अनुसार प्रतिनिधि सभा समानुपातिक उम्मेदवारको प्रयोजनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ। जय मातृभूमि पार्टीको चुनाव चिन्ह आमा (बच्चा काखमा लिएको आमा) रहेको छ।


























