६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

नेपाली कांग्रेसबाट सोलुखुम्बुमा प्रकाश सिंह कार्की उम्मेदवार



काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट प्रकाश सिंह कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

दर्जनभन्दा बढी आकांक्षीहरूलाई पाखा लगाउँदै पार्टीले कार्कीलाई उम्मेदवार चयन गरेको हो। कार्की जिल्लाबाट सर्वाधिक मत ल्याउने महाधिवेशन प्रतिनिधि समेत हुन् ।

व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका कार्की हालसम्म कुनै पनि लाभको पदमा नबस्नु उनका प्रमुख विशेषतामध्ये एक मानिन्छ। स्वच्छ छवि र नम्र स्वभावका कारण पार्टीभित्र मात्र होइन, जिल्लावासीबीच पनि उनी सकारात्मक छविका नेताका रूपमा परिचित छन्।

सामाजिक सेवामा सक्रिय रहँदै आएका कार्कीको उम्मेदवारीले सोलुखुम्बुमा कांग्रेसको चुनावी प्रतिस्पर्धालाई थप बलियो बनाउने पार्टीको विश्वास छ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  ६ : २७ बजे