६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

काठमाडौँ–५ मा जय मातृभूमी पार्टीबाट पूर्व एसएसपी बसन्त कुबँर उम्मेदवार



काठमाडौँ । जय मातृभूमी पार्टीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुबँरलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीका महासचिव गोविन्द गिरीका अनुसार नार्कोनोन नेपालका अध्यक्षसमेत रहेका कुबँरलाई पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेदवारका रूपमा अघि सारिएको हो।

नेपाल प्रहरीमा रहँदा कुबँर कार्य सम्पादन, अनुशासन र नेतृत्व क्षमताका कारण लोकप्रिय रहेका थिए। सुरक्षा क्षेत्रको लामो अनुभव र सामाजिक अभियानमा सक्रिय भूमिकालाई आधार मानेर पार्टीको “राष्ट्र बचाऔं, राष्ट्र निर्माण गरौं र राष्ट्रलाई माया गरौं।” भन्ने नारालाई न्याय गर्ने विश्वास गर्दै पार्टीले उनलाई उम्मेदवार बनाएको हो।

जय मातृभूमी पार्टीले काठमाडौँ–५ मा कुबँरको उम्मेदवारीले वैकल्पिक राजनीतिक धारलाई बलियो मुख्य राजनीतिक शक्ति बनाउन सहयोग हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  ७ : १९ बजे