२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

बिहानीपख देखेको सपनाले माछा पालनमा होमिए बास्तोला, भन्छन्, ‘बजार गाउँमै छ’


१४ फाल्गुन २०८०, सोमबार  

78
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ का रमेश बास्तोला माछा पालनमा व्यस्त छन् । स–साना गरालाई खारेर माछा पालनका लागि पोखरी तयार पारेका बास्तोलाले दुई सिजनमा माछा हुर्काएर बेचिसके ।

सपना देखेकै भरमा माछा पालनमा आकर्षित भएका उनले माछा उत्पादन गर्न सके नेचा बजारमै खपत गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘बिहानी पख देखेको सपनाले मलाई माछा पालनमा तान्यो । आफ्नै खेतमा पानी पनि भएकाले माछा पाल्न सकिन्छ भन्ने निक्यौलमा पुगे ।’

केही वर्ष सहरमा जागिर गरेका उनले गाउँमै केही गर्न सकिन्छ कि भन्ने मनसाय सहित माछा पालनलाई व्यवस्थित गर्न कसिएका छन् । एक ठुलो र दुई साना पोखरी बनाएर मुग्री, कार्प माछा पाल्दै आएका छन् । ‘गाउँमै केही गर्न सकिन्छ भन्ने आशा जीवितै छ, स्थानीय र प्रदेश सरकारको सहयोग मिल्यो भने त धेरै गर्न सक्छु भन्ने लाग्छ ।’बास्तोलाले सुनाए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ४६ बजे