१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

भ्रष्टाचारमा दोषी ठहर कांग्रेस सांसद गुरुङलाई जरिवाना मात्रै, जेल सजाय किन भएन ?


२५ फाल्गुन २०७९, बिहिबार  

2
Shares

काठमाडौं । भ्रष्टाचारमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई जरिवाना सुनाइएको छ । उनलाई जेल सजाय भने सुनाइएन । उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

उनलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र सो बराबरको बिगो भराउने सजाय भएको विशेष अदालतका प्रवक्ता नारदप्रसाद भट्टराईले जानकारी दिए ।

दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । भट्टराईका अनुसार ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ ।

कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ ।

नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारले १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : २५ बजे