१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

महाकुलुङ गाउँपालिका १ को प्रशासनिक भवन उद्घाटन



सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा, सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत, महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङ, उपाध्यक्ष बिपना कुलुङले एक एक बोट बिरुवा रोपेका थिए ।

भवन जिल्ला समन्वय समितिको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लागतमा निर्माण गरिएको पत्रकार झलक राईले जानकारी दिए ।

वडाध्यक्ष पर्खिधन कुलुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाकुलुङ गाउँपालिकाका पूर्व अध्यक्ष सागर किराँती, महाकुलुङका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङ, सोताङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई, वडाध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा महाकुलुङ क्षेत्रमा कार्यरत १० वटा गैरसरकारी संस्थाहरू र अगुवा कृषकहरूलाई पनि सम्मान गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १२ : ५७ बजे