११ माघ २०८१, शुक्रबार | Sat Jan 25 2025

शहिद नरनाथ आविमा चार लाख पैँतालिस हजारको साझेदारी अक्षयकोष स्थापना



सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभुत विद्यालयमा चार लाख भन्दा बढि रकमको अक्षयकोष स्थापना गरिएको छ ।

आज लायन्स क्बल अफ काठमाण्डौ क्यापिटल र विद्यालयको संयुक्त रुपमा ४ लाख ४५ हजारको साझेदारी अक्षयकोष स्थापना गरिएको हो । जसमा विद्यालयको तर्फबाट ३ लाख ४५ हजार र उक्त क्लबाट १ लाख रुपैया जम्मा गरिएको छ । आजको कार्यक्रममा लाईन्स क्लबकाअध्यक्ष तथा प्रमुख अतिथी प्रकाश सिंह कार्कीले विद्यालयका हितका सवालमा काम गरिरहेने बताए ।

यसैबीच, सोहि कार्यक्रममा बालबालिकाका लागि बस्ने कुर्सी सहयोग प्राप्त भएको छ । कालिका मावि पन्चनका शिक्षक देवेन्द्र शर्माबाट १० थान, शहिद नरनाथ आधारभुतका शिक्षकबाट १५ थान, सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धुव्रबहादुर भण्डारीले २ थान, अभिावक खेम भट्टराईबाट २ थान नेचासल्यान ३ का समाजसेवी युवराज कटेलबाट १ थान कुर्सी गरि जम्मा ३० थान सहयोग प्राप्त भएको विद्यालयका शिक्षक प्रकाश बास्तोलाले जानकारी दिए ।


शदिह नरनाथ अधारभत विद्यालयका आर्थिक विकास संयोजक निरकुमार जमरकटेलको अध्यक्षतामा भएको कार्यक्रमम विद्यालयका प्रधानाध्यापक कमलप्रसाद शर्मा कटेल, शिक्षक, अभिभावक, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : ०७ बजे