सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले अयोग्य लडाकुलाई जनही २ लाख राहत रकम वितरण गर्ने प्रचण्ड सरकारको निर्णयको विरोध गरेका छन् ।
बजेट अभावकै कारण चालु आर्थिक बर्षमा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरणको बजेट कटौति गरिएको अवस्थामा अयोग्य लडाकुलाई २ २ लाख दिने पैसा कहाँबाट आयो भनि प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लक्ष्य अनुसार राजश्व संकलन नहुँदा सरकारलाइ चालु खर्च धान्न मुस्किल, कर्मचारी तलब खुवाउनै धौ धौ। कहिले कहीँ यस्तो हुन्छ । बजेट अभावका कारण चालु आर्थिक बर्षमा प्रदेश र स्थानीय तहलाइ उपलब्ध गर्नु पर्ने वीत्तिय समनीकरणको अन्तिम किस्ताको ५० प्रतिशत बजेट कटौती। साँच्चिकै देशको अर्थतन्त्र त्यो अवस्थामा पुगेको हो भने यो पनि मनौंला । तर यहि बेला माओवादी अयोग्य लडाकुलाइ जनही २र २ लाख दिने, होइन यो पैसा कहांबाट आयो ?’
मेयर शेर्पाले कि राष्ट्र सेवाक कर्मचारीको तलब र जनताको प्रत्यक्ष सरोकारको विषय बिकास निर्माणको बजेट नै कटाएर अयोग्य लडाकुलाई दिने विषय अलि मिलेन है सरकार समेत भनेका छन् ।
अयोग्य लडाकुलाई रकम दिने प्रचण्ड सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । धेरैले अयोग्य लडाकुलाई रोजगारीको माध्यमबाट सम्बोधन गर्नुपर्ने तर्क समेत अघि सारेका छन् ।