१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

नेविसंघ सोलुद्वारा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ स्थित दलित छात्रबासमा बसोबास गर्दै आएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

सामग्री वितरण कार्यक्रममा नेविसंघ जिल्ला सचिव कृष्णमोहन निरौला, जिल्ला सदस्य राजेश खड्का र विशाल राउतको उपस्थिति रहेको थियो ।

सामग्री पाएपछि विद्यार्थी हेम घिमिरेले खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : १६ बजे