१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

विद्यालय व्यवस्थापन समितिकाे मनाेनित सदस्य सुमन श्रेष्ठद्वारा अस्वीकार



सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट गणेशथान माविको व्यवस्थापन समिति सदस्यमा मनोनित भएका सुमन श्रेष्ठले पद अस्वीकार गरेका छन् ।

श्रेष्ठलाई यही असार ३ गतेको शिक्षा समितिको बैठकले विद्यालयको सदस्य पदमा मनोनित गरेको थियो । सोही अनुसार पत्र पठाइएको थियो । पत्र प्राप्त हुनासाथ श्रेष्ठले गाउँपालिकालाई सूचना र इच्छाविना गरिएको मनोनयन अस्वीकार गरेको जानकारी गराएका छन् ।

उनले बुधबार शिक्षा शाखा प्रमुख माधवमणि ढुंगानालाई अस्वीकार पत्र हस्तान्तरण गर्दै अन्य व्यक्तिलाई मनोनयनको बाटो खुला गरेका छन् । मनोनित सदस्य बन्न अस्वीकार गरेका श्रेष्ठले विद्यालय र शैक्षिक सुधारका लागि आफू सदैव सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ०८ बजे