२७ आश्विन २०८२, सोमबार | Tue Oct 14 2025

शेर्पा बने काँग्रेसको पर्यटन विभाग प्रमुख


१५ भाद्र २०८०, शुक्रबार  

14
Shares

नेपाली काँग्रेसको पर्यटन विभागको प्रमुखमा सोलुखुम्बुका आङगेलु शेर्पालाई मनोनित गरिएको छ । नेपाली कांग्रेसले आफ्ना विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गरेको हो ।

जसमा सोलुका शेर्पालाई पर्यटन विभागको जिम्मेवारी दिईएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ११ : ०१ बजे