१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

माप्यका जनप्रतिनिधि र यातायात व्यवसायीबिच छलफल, यस्तो छ सहमति


२ आश्विन २०८०, मंगलबार  

88
Shares

सोलुखुम्बु । मङ्गलवार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिले यातायात व्यवसायीसँग छलफल गरेका छन् । सामाजिक सञ्जालमा आलोचना सुरु भएपछि पालिकाका जनप्रतिनिधि र यातायात व्यवसायीबिच छलफल गरिएको हो ।

यातायात व्यवस्थापन तथा पर्यटन व्यवसाय सुदृढका विषयमा गरिएको छलफलबाट यातायात व्यवसायी गाउँपालिकामा सवारी साधन सूचीकृत गर्न र नवीकरण गरी सञ्चालन गर्न सहमत भएका छन् । व्यवसायीलाई आवश्यक सहयोग पालिकाले गर्ने सहमति समेत भएको छ ।

छलफलमा पालिका प्रमुख बुद्धि किरण राई, उपप्रमुख गौरव राई, वडा.१ का वडा अध्यक्ष सज्जन राई, वडा नं ३ का वडा अध्यक्ष अमित राई, वडा नं ४ का वडा अध्यक्ष भक्त बहादुर राई, वडा नं ५ का वडा अध्यक्ष अविरल वाइबा, वडा नं ७ का वडा अध्यक्ष सगुजित राई र अन्य बुद्धिजीवी लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १० : ४१ बजे