१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

भारतका ८५ जना साहित्यकारले गरे ‘बाबा जलेश्वरनाथ महादेव’को दर्शन



काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको निमन्त्रणामा आएका भारतका ८५ जना साहित्यकारले ‘बाबा जलेश्वरनाथ महादेव’को दर्शन गरेका छन् ।

आइतबार ‘पूर्वोत्तर हिन्दी अकादमी सिलाङ, मेघालयको नेतृत्वमा ‘प्रेम र सदभाव’को नारा सहित भारतको २० राज्यका ८५ जना साहित्यकारहरुले बाबा जलेश्वरनाथको दर्शन गरेका हुन् । उनीहरु ‘एकदिने सांस्कृतिक र ऐतिहासिक पर्यटन’को क्रममा महोत्तरी आएका थिए ।

साहित्यकारहरु जलेश्वर महादेवको वर्णन ग्रन्थमा पढेको र आज दर्शन गर्न पाउदा जीवन धन्य भएको प्रतिक्रिया दिएका छन् । साहित्यकारहरुलाई स्वागत गर्दै पत्रकार राकेश चौधरीले जलेश्वर महादेव साथै नगरमा रहेका विभिन्न धार्मिकस्थलहरुको चर्चा गरे ।

दर्शनार्थी साहित्यकारहरुलाई मेयर साहले ‘बाबा जलेश्वरनाथ महादेव’को तस्बिर अंकित मायाको चिनो प्रदान गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ३३ बजे