सोलुखुम्बु । रीड नेपालको आयोजना, अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा सोताङ गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बाल क्लबलाई बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
तालिममा २७ जना बाल क्लबका पदाधिकारी तथा ६ जना जेन्डर फोकल शिक्षकको उपस्थिति रहेको शिक्षा विकास अधिकृत सरद गौतमले जानकारी दिए ।
तालिममा बाल अधिकार र संरक्षण बाल क्लबको काम, कर्तव्य र अधिकार, बाल क्लब परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण बाल दुव्र्यवहार न्यूनिकरणमा बाल क्लबको भूमिका, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्गताका प्रकार तथा बालक्लबको वार्षिक कार्ययोजना निर्माण लगायतका विषयवस्तु समावेश गरिएको आयोजकले जनाएको छ ।
सोही प्रकृतिको तालिम ७ वटैै स्थानीय तहमा सञ्चालन गर्ने योजना रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।