सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले १५ दिनमै इलेक्ट्रोनिक बाईक बनाउने सोलुखुम्बुका आशिष विश्वकर्मालाई नगदसहित सम्मान गरेको छ ।
जिल्लाको लिखुपिके ५ भकान्जे स्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत विद्यार्थी विश्वकर्मालाई नगद ५ हजार र सम्मानपत्रले सम्मानित गरिएको हो ।
शुक्रबार उनलाई नेपाली कांग्रेस लिखुपिकेका सभापति सुरज बस्नेतले नेपाल विद्यार्थी संघ मार्फत प्राप्त रकम र सम्मानपत्र प्रदान गरेका हुन् ।
विश्वकर्माले गत हप्ता ईलेक्ट्रोनिक मोटरसाइकल बनाएर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ सोलुखुम्बुका उपाध्यक्ष एवं प्रदेशसभा ‘ख’ का संयोजक राजिव बस्नेत, सचिव मोहन कृष्ण निरौला, नेविसंघ नेता बिभुषण राई कोषाध्यक्ष रोस्मिता कार्की लगायत पदाधिकारीहरुको उपस्थिति रहेक थि ।