२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

नेचासल्यानमा सञ्चालित शिविरमा २१ जना मोतिविन्दुका बिरामीको शल्यक्रिया



काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित नेचा सामुदायिक अस्पतालमा सञ्चालित आँखा शिविरमा २१ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । 

शल्यक्रिया गरेका मध्ये दुई जना ८९ वर्षीय वृद्ध रहेको अस्पतालका प्रबन्धक ऋषिराम कटेलले जानकारी दिए । ३८९ जना नेचासल्यानबासीले आँखा परीक्षण लगायतका विविध सेवा लिएका छन् ।

गाउँपालिकाको आयोजना तथा काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविर ३ दिनसम्म सञ्चालन गरिएको थियो ।

शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि गाउँपालिकाले नै निःशुल्क आवासको व्यवस्था मिलाइएको थियो ।

शिविरमा नेपाल आँखा अस्पतालका निर्देशक डा.कमल खड्का,सोही अस्पतालका रेजिडेन्ट डा.सुभानी शर्मा र अन्य चिकित्सकहरू केशव देवकोटा, श्याम श्े्ठ, कृष्टिना केसी, राजेन्द्र गिरी र लंकराज तामाङ खटेका थिए । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ३ : ३१ बजे