१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

महाकुलुङमा राष्ट्रपति रनिङ शिल्ड सुरु



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा अन्तर माविस्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । आइतबारदेखि छेस्काम माविमा सुरु रनिङ शिल्डको गाउँपालिका उपाध्यक्ष बिपना कुलुङले उद्घाटन गरिन् । 

प्रतियोगितामा अन्तर मावि स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता र एथलेटिक्सका खेलहरू समावेश छ ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष तथा वडाप्रतिनिधिहरु,  पूर्व वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

मङ्गलवार सम्म चल्ने रनिङ शिल्ड अन्तरगतको तेस्रो संस्करणमा सगरमाथा, छेस्काम र गुदेल माध्यमिक विद्यालय सहभागी बनेको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ११ : १२ बजे