६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

सोलुका पत्रकार बनलाई सुतेकै ठाउँमा हमला



काठमाण्डौँ – सोलुखुम्बुमा पत्रकार रमन बनमाथि हातपात भएको छ । ल्होछार कार्यक्रममा भएको झगडाको भिडियो सार्वजनिक गरेको भन्दै शनिवार राती केही युवाहरुले पत्रकार बनमाथि हातपात गरेका हुन् ।

मदिरा सेवन गरेका ७ जना युवाहरुको समुहले राती करिब ९ बजेको समयमा आफु बसेको कोठामै पुगेर भिडियो डिलिट गर्न धम्की दिदै हातपात गरेको पत्रकार बनले बताएका छन्। सोलुदुधकुण्ड नगरपालिका–५ का वडाध्यक्ष मिङ्मार तामाङको नेतृत्वमा आएका समुहले लछारपछार गर्दै आफुलाई मुक्का प्रहार गरेको पिडितको भनाई छ ।

जसबाट खोक्न र बोल्न गाह्रो भईरहेको र कानको भाग तथा हातमा निलडाम रहेको पीडित बनको भनाई छ । यता वडाध्यक्ष मिङ्मार तामाङले भने आफुले बनमाथि हातपात नगरेको दाबी गरे। शनिबार राती सल्लेरी स्थित एक होटलमा ल्होछार पर्वको अवसमा आयोजित भेटघाट कार्यक्रममा स्थान ुाहरुे मादक पदार्थ सेवन गरी झगडा गरेका थिए ।

उक्त भिडियो सञ्चारकर्मी बनले दुधकोशी खबरको फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए । घाईते बनको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : १० बजे