८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

विहीबार खालिङ भाषिक खुला कविता प्रतियोगीताको नतिजा


९ आश्विन २०८१, बुधबार  

210
Shares

काठमाडौँ । किरात खालिङ राई उत्थान संघले आयोजना गरेको ‘खालिङ भाषिक खुला कविता प्रतियोगीता–२०८१’ का लागि अन्तिम नतिजा विहीबार सार्वजनिक गरिदैछ । यसअघि प्राप्त ५० भन्दा बढि कविताबाट उत्कृष्ट १० कविता छनौट गरिसकिएको छ ।

छनौटमा परेका कविताका लेखकहरुले अन्तिम नतिजा सार्वजनिक पूर्व आआफ्नो कविता वाचन गर्नेछन् । एक कवि देशबाहिर रहेकाले उहाँको भिडियो प्राप्त भएको आयोजकले जनाएको छ । अन्य कवि कार्यक्रममा उपस्थित हुनेछन् ।

उत्कृष्ट १० मा कुसुम खालिङ राई, रमेश राई, नरेन्द्र मलिमलाल, मुना खालिङ राई, श्रद्धा खालिङ राई, रेजिना खालिङ (रामरिसफूल), एकाप्रसाद खालिङ, मिङमार खालिङ, रविन खालिङ र मज्जलाल ख्यालका खालिङ भाषिक कविता छनौटमा परेको छ ।

प्रतियोगीताका विजेतालाई १० हजार, ७ हजार, ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरछ । बाकी ७ प्रतिस्प्रर्धीलाई नगद १५ सयको साथमा प्रमाणपत्र प्रदान गरिने किरात खालिङ राई उत्थान संघका अध्यक्ष बल बहादुर खालिङले जानकारी दिए ।

संघको २३ औँ स्थापना दिवसको अवसरमा असोज १० गते विहीबार सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा हुने कार्यक्रममा खालिङ समुदायबाट रक्षामन्त्री बनेका मानवीर खालिङ र पत्रकार तथा कवि गिलु रातोसलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ०६ बजे