सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । “हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा बिरुद्धको ऐक्यवद्धता” मुल नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।
सोमबार अभियानको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष असिम राईले लैंगिक हिंसा महिला, पुरुष दुबैमा हुने भएकाले सबैलाई सम्मान व्यवहार गर्नु पर्ने बताए । हिंसाको घटना घरबाट नै सुरु हुने भएकाले व्यक्ति स्वयमं सचेत भएको खण्डमा हिंसा कम गर्न सकिने उनको भनाई छ ।
स्थानीर सरकारको दायित्व र अविभारा गाउँ गाउँमा पुर्याउन सुरूवात गरिएको एकीकृत घुम्ती शिविर प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत कर्मचारीहरूलाई अध्यक्ष राईले निर्दैशन दिएका छन् । घुम्ती शिविर हरेक वडामा संचालन हुनेछ ।
शिविरमा योजना सम्झौता, जेष्ठ नागरिक परिचयपत्र वितरण, कृषि तथा पशु सम्बन्धि सेवा र पाठेघरको मुखको क्यान्सर पहिचान र ब्लड ग्रुप पहिचान गरिने गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।
उक्त कार्याक्रममा पालिका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदसय, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला सरकारी वकीलको कार्यालयका प्रमुख बुद्धिलाल श्रेष्ठ, शिक्षक, सुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको छ ।