नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र नेपाल राष्ट्रिय निजामती कर्मचारी महासंघ, कोशी प्रदेशको संयुक्त विस्तारित वैठक सम्पन्न भएको छ । गत माघ १६ गते एक भर्चुअल वैठक बसी विविध प्रस्तावउपर छलफल गरी निर्णय गरिएको छ ।
वैठक फ्र्याक्सन ईन्चार्ज नरमाया भट्टराई (गरिमा) को प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सचिव तथा कोशी प्रदेश ईन्चार्ज गजेन्द्र भुजेल, महासंघका केन्द्रीय सचिवालय सदस्य रेवती ढुंगाना, प्रदेश अध्यक्ष गीताचारी आचार्य लगायतको उपस्थितिमा संचालन भएको थियो । कोशी प्रदेशभरी छरिएर रहेका पदाधिकारीहरु सबैको सहजता र सहभागिता सुनिश्चितताको लागि भर्चुअल वैठक आयोजना गरिएको कार्यवाहक अध्यक्ष रत्न चौँलागाईँले जानकारी दिनुभयो ।
वैठकले नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीका कोशी प्रदेश अध्यक्ष रुद्र सुवेदीले राजिनामा दिनुभएकोले सोलुखुम्बु जिल्लामा कार्यरत संगठनका उपाध्यक्ष रत्न चौँलागाईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ भने समितिको रिक्त सचिवमा विराटनगरमा कार्यरत वेदनिधि कार्कीडोली र कोषाध्यक्षमा विराटनगरमा कार्यरत दिनेश ढुंगानालाई चयन गरेको छ । त्यस्तै ५ सदस्यीय कार्य संचालन समिति गठन गर्ने निर्णय समेत गरिएको प्रदेश सचिव वेदनिधि कार्की डोलीले जानकारी दिनुभयो ।
वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि गारिमाले निष्पक्ष निर्वाचन हुनु नै लोकतन्त्रको वास्तविक जित हुनु भएकोले सम्पूर्ण कर्मचारीलाई आफ्नो तर्फबाट निष्पक्ष भएर निर्वाचन सफल बनाउनको लागि लाग्न निर्देशन दिनुभयो । कार्यवाहक अध्यक्ष रत्न चौँलागाईँले ट्रेड युनियनमा भएका विकृति हटाउँदै समग्र कर्मचारीको हकहितमा लाग्ने र कर्मचारी हकहितको लागि वैचारिक नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वैठक अन्य विविध विषयमा छलफल गर्दै आगामी वैठक तथा संगठनको कार्यदिशा सहित सम्पन्न गरिएको छ ।

























