८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

टाप्टिङको प्रशासनिक भवनको शिलान्यास


७ कार्तिक २०८१, बुधबार  

18
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

बुधबार नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा, उपप्रमुख गान्धीमाया तामाङ र वडाध्यक्ष होम बहादुर मगर, नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै नगर प्रमुख शेर्पाले विकासको फड्को मार्न सफल भएको बताए । पहिले साँघुरो ठाउँबाट सेवा प्रवाह भइरहेकाले अब नयाँ भवनको निर्माण आरम्भसँगै चाँडै नै सुविधा सम्पन्न प्रशासनिक कार्यालयबाट वडाबासीले सुविधा पाउने भएका छन् ।

भ्याट सहित १ करोड १४ लाख ३० हजारमा निर्माण हुन लागेको वडा कार्यालय भवनको ठेक्का ग्रिन तारा कन्ट्रक्सनले २०८० साल साउन १९ गते सम्झौता गरेको छ । उक्त भवन २०८२ साल जेठ ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

करिब २ रोपनी क्षेत्रफलमा निर्माण हुने २ तले र ७ वटा कोठाहरु सहितको भवन सुविधा सम्पन्न हुने बताइएको छ । सो भवन पुरानो गाविस भएको ठाउँमा बन्ने छ र भवन निर्माणमा अपुग जग्गा पूर्व वडाध्यक्ष मिङ्मार छिरी शेर्पाले उपलब्ध गराएका हुन् ।

वडा भवनको निर्माण हुने भए पश्चात टाप्टिङवासीले स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : ३५ बजे