सोलुखुम्बु । थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ । बिहीबार अस्पताल र बीमा बोर्ड बीच सेवा संन्चालन सम्बन्धि सम्झौता भएसंगै स्वास्थ्य बीमा सेवा सुरु भएको हो ।
विहीबार थुलुङ दुधकोशी अस्पताल र स्वास्थ्य बीमा बोर्ड बीच स्वास्थ बीमा सेवा सम्झौतामा गाउँपालिकाका अध्यक्ष असिम राई, स्वास्थ्य बीमा बोर्ड सोलुखुम्बुका दर्ता अधिकारी प्रदिप बाबू बस्नेत र अस्पताल प्रमुख एमडिजिपी डाक्टर अजय चौधरीले हस्ताक्ष गरेका छन् ।
आगामी मंसिर १ गते देखि बिमितले थुलुङ दुधकोशी अस्पतालबाट वार्षिक रुपमा १ लाख बराबरको स्वास्थ्योपचारमा सेवा प्रापत ग्न सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
जेष्ठ नागरिक र पुर्ण अपांगता भएकाहरुको हकमा सरकारले बिमा कार्ड उपलब्ध गराएपछि सेवा प्राप्त गर्नेछन भने अन्यको हकमा ३५०० तिरेर सेवा प्राप्त गर्नुहुने निति रहेको छ ।
स्वास्थ्य बीमा गरेका यहाँका सामान्य परिवारका नागरिकले गुणस्तरीय सेवा प्रवाह गरिरहेको आफ्नै अस्पतालबाट थप सहज तथा सरल रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण तयार भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
मंगलबार मात्रै अस्पतालमा आठौँ पटक सिजेरीयन सेक्सन मार्फत सफल प्रसूती गराईएको छ ।