सोलुखुम्बुको माप्यदुधकोशी गाउँपलिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नाम जोडेर भ्रम फैलाएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
कोरिया पठाउने नाममा पालिका नेतृत्वले युवाहरूबाट अबैध रकम अशुली गरेको कुरालाई सामाजिक सञ्जालमा भाईरल भएसँगै पालिकाले विज्ञप्ति नै निकालेर उक्त कुराको खण्डन गरेको हो ।
गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले पालिकाले सदैव जनपक्षीय मात्रै काम गरेको भन्दै ब्यक्तिगत लाभको केही पनि काम नगरेकाले अनर्गल प्रचारबाजी पछि नलाग्न पालिका बासीलाई अनुरोध गरेका छन् । उनले विगतमा पनि राम्रा काम गर्दा आलोचना खेप्नु परेको भन्दै राजनितिक र सामाजिक प्रगतिदेखि आत्तिएका हरुले भ्रममा राजनीति गर्न खोजेको आरोप लगाए ।
पालिकाले कुनै पनि युवालाई अबैध तरिकाले बैदेशिक रोजगारमा पठाउनका लागि संलग्नता नजनाएको विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ । साथै पालिकाका जनप्रतिनिधिले कानुन र जिम्मेवारी भन्दा बाहिर रहेर कुनै पनि काम नगर्ने पालिका अध्यक्ष राईले बताए ।